आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाईएको छ ।

जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।

अर्थमन्त्री संजयकुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाइसक्नुभएको छ । उहाँका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?