‘दुग्ध बोर्ड पुनस्र्थापना नगरे आन्दोलन’

Read Time = 2 mins

काठमाडौं । दुग्ध संस्था क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरूले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विरोध गर्दै आन्दोलनको चेतावनी दिएका छन् । सरकारलाई सरोकारवाला निकायहरूले बोर्डको आवश्यकताका लागि दिइएको सुझावसमेत बेवास्ता गर्दै बजेट तथा नीति कार्यक्रममा बोर्ड खारेजीको प्रस्ताव ल्याएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

सरकारले अध्ययन गरी कमीकमजोरी हटाएर बोर्डको पुनर्संरचना गर्नुपर्नेमा बोर्ड खारेजीको प्रस्ताव गरी दुग्ध क्षेत्रलाई नै धरासायी बनाउन गरिएको निर्णय आपत्तिजनक रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो ।

नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, नेपाल डेरी साइन्स एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनले मंगलबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै बजेटमार्फत् खारेज गरिएको बोर्ड पुनस्र्थापना नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?