दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार जित

Read Time = 3 mins

दिल्ली । कप्तान मिचेल मार्श र हिटर टिम डेविडको सानदार ब्याटिङमा अष्ट्रेलियाले पहिलो टी-२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १११ रनको सानदार जित निकालेको छ । जितका लागि २२७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ११५ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका ओपनर टेम्बा बभुमाले ४३ बलमा पाँच चौका र दुई छक्कासहित ५६ रन जोड्नुभयो ।

यस्तै, रास्सी भान डर डुसेन २१, एडेन माक्ररम सात, डेवाल्ड ब्रेभिस पाँच, ट्रिस्टन स्टब्स डक र मार्को यानसन २० रनमा आउट हुनुभयो ।
अष्ट्रेलियाका मार्कस स्टोइनिसले तीन ओभरमा १८ रन खर्चेर तीन विकेट लिनुभयो । डेब्यु खेल खेल्नुभएका स्पिनर तनवीर संघाले चार ओभरमा ३१ रन खर्चेर चार विकेट हात पार्नुभयो । स्पेन्सर जोनसनले दुई र शन एबोटले एक विकेट लिनुभयो ।

त्यसअघि डुर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रन बनायो । अष्ट्रेलियाका कप्तान मिचेल मार्शले ४९ बलमा १३ चौका र दुई छक्कासहित ९२ रनको योगदान दिनुभयो । टिम डेविडले २८ बलमा सात चौका र चार छक्कासहित ६४ रन बनाउनुभयो ।

डेब्यु खेल खेल्नुभएका आरोन हाडर््ली १४ बलमा तीन चौका र एक छक्कासहित २३, म्याथ्यु शर्ट २०, जोश इंग्लिस एक र मार्कस स्टोइनिसले ६ रन जोड्नुभयो ।

दक्षिण अफ्रिकाका लिजाड विलियम्सले चार ओभरमा ४४ रन खर्चेर ३ विकेट लिनुभयो । मार्को यानसन, जेरार्ड कोट्जी र तबरेज शाम्सीले एक–एक विकेट लिनुभयो । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?