रियलमी सी ५५ नेपाली बजारमा आउँदै

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले सी सिरिजको लेटेस्ट मोडल सी-५५ चाँडै नै नेपाली बजारमा ल्याउने भएको छ । ६४ एमपी क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङसहितको सी ५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनका रूपमा नयाँँ बेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

फोनमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । एन्ड्रोइड फोनहरूमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकाले सी ५५ प्रतिस्पर्धी मोडलभन्दा धेरै अगाडि रहेको कम्पनीको दाबी छ । आठ जिबी र्‍याम र १६ जिबीको डाइनामिक र्‍याम रहेको फोनको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?