काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’का लागि ३५ प्रतियोगी छानिएका छन् । काठमाडौंमा आयोजित प्रतियोगी छनौट चरणको अडिशन सयभन्दा बढी सहभागी थिए । तीमध्येबाट ३५ बालबालिका छानिन सफल भएको आयोजकले जनाएको छ । छानिएका प्रतियोगी अब अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न प्रशिक्षणमा जुट्नेछन् ।
बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले नियमित रूपमा आयोजना हुँदै आएको प्रतियोगिता हो ‘मिलिनियम किड्स इन्टरनेशनल’ । बालबालिका जुनियर र सिनियर गरेर एकसाथ चार विजेता छानिने प्रतियोगिताको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी रहेको छ ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो ।
सातदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीमा छानिएका प्रतियोगीले प्रशिक्षणको क्रममा विभिन्न जीवनपयोगी ज्ञान हासिल गर्दै आफूलाई निखार्ने छन् । राज फैजुकै कोरियोग्राफी रहने प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको फेसन डिजाइन डिजाइनर श्रीषा बैदारले गर्नुहुनेछ । प्रतियोगीतामा शीर्षसहित दर्जन बढी उपशीर्षकमा विजेतासमेत छानिनेछन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर प्राप्त गर्ने आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच