आइएमई पे उडानमा ‘फ्ल्यास सेल्स’ अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइएमई पेले आन्तरिक हवाई उडानमा ‘फ्ल्यास सेल्स’ अफर ल्याएको छ । अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ चार बजेदेखि छ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकटमा दुई सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो अफर साउन २६ सम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्ने बताइएको छ ।

अफर अवधिभित्रमा एयरलाइन्सको टिकट काट्ने ग्राहकले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?