‘गएथेँ सिंगापुर’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । श्रेय अगस्ती, रचना रिमाल र साक्षी अगस्तीको स्वरमा रहेको गीत ‘गएथेँ सिंगापुर’ सार्वजनिक भएको छ । नारद पोखरेलको शब्द, संकेत अगस्तीको संगीत र राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विदेशमा दुःख पाउनुभन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश बोकेको समसामयिक विषयमा आधारित गीतको भिडियोमा शिशिर भण्डारी, विना राउत, कविता आले मगर, नारद पोखरेल, सुजिता पोखरेल र रेसिका नेपाललगायतलाई फिचरिङ गरिएको छ । सन्तोष राजबाहकको निर्देशन रहेको गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

विदेशिएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई आफ्नै देश फर्काउन सकिन्छ भन्ने अभिप्रायका साथ यो गीतको निर्माण गरिएको गीतकार पोखरेल बताउनुहुन्छ । गीतमा पूर्व मेची, मध्य भक्तपुर र पश्चिम नारायणी नदीलाई पनि समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?