संगीत संयोजनमा साहस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चार दशकअगाडि नुवाकोट जिल्लामा जन्मिनुभएका साहस शाक्य यतिबेला संगीत संयोजकको रूपमा आफ्नो पहिचान कायम गर्न सफल हुनुभएको छ । १० वर्षको उमेरमै ड्रमसेट बजाउन रुचि राख्ने उहाँ सुरुका दिनमा ग्यालिन र स्टीलको थालबाट घरमै ड्रम बनाएर बजाउन सिकेको आफ्नो विगत सुनाउनुहुन्छ ।

साहस विसं २०५० मा आफ्ना अग्रजहरूसँग मिलेर ‘क्षितिज व्याण्ड’ नामक पप समूह रहनुभयो । आफ्नै दाजुसमेत ब्याण्डको सदस्य भएकाले सो ब्याण्डका अन्य दाइहरूसँग घुलमिल हुन साहसलाई सहज थियो । सानैदेखि गायन, वाद्यवादन, चित्रकला र प्रविधिमा विशेष रुचि राख्ने साहसले विद्यालय स्तरीय कार्यक्रमहरूमा सहभागी भइ पुरस्कारसमेत हात पार्ने गर्नुहुन्थ्यो ।

२०५७ सालतिर अष्ट लामाको संगीत संयोजनमा साहसले आफ्नै शब्द, संगीत र स्वरमा पहिलो पटक ‘हृदयमा छुपाउन सकिन’ बोलको गीत रेकर्ड गर्नुभएको थियो । उहाँले ५९ सालतिर काठमाडौं आएर वसन्त उप्रेतीसँग संगीतको औपचारिक ज्ञान लिनुभयो । २०६० देखि एल्बम निकाल्ने सोचमा गीतहरू रेकर्ड गर्न थाल्नुभयो । काठमाडौंमै भएका केही सांगीतिक कार्यक्रमहरूमा दीपक बज्राचार्य, सुगम पोखरेल जस्ता गायकहरू उहाँले प्रस्तुति दिने अवसर पाउनुभयो । उहाँले २०६२ सालको अन्ततिर साहसको एल्बम बजारमा आएको थियो । उक्त एल्बमको ‘जुनि जुनि’को बोलको गीतमा तत्कालीन समयकी चर्चित गयिका प्रीति कौरले पनि गायनमा साथ दिनुभएको थियो उहाँलाई । उक्त एल्बममा रहेका दुईवटा गीतका भिडियोसमेत निर्माण भएका थिए ।

गीतसंगीतमा रमाउँदै गर्दा २०६३ देखि संगीत संयोजनतर्फ आफ्ना पाइला अघि बढाउनुभयो । जुन कार्यले उहाँलाई पछि फर्केर हेर्नु परेको छैन । साहसले हालसम्म २५०० को हाराहारी गीतमा संगीतसंयोजन गर्नुभएको छ । उहाँले संगीत संयोजन गरेका सायौं गीत चर्चित बन्न सफल भएका छन् ।

गायक बन्छु भनेर काठमाडौमा आउनुभएका साहसले संगीत संयोजकका रूपमा आफ्नो ख्यातीलाई बढाउनुभयो । यसो त साहसले यो बीचमा फाट्टफुट्ट गीत नगाउनुभएको होइन । गायनमा वेष्टर्न र फ्यूजन शैलिलाई मन पराउने साहसले कोरोना कहरको सुरुवातमा आफ्नै संगीत र स्वरमा गाएको ‘मेरो विश्व मेरो घर’ले निकै चर्चा पाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?