पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ ।

हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

एमालेका नेतासमेत रहनुभएका उहाँ २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?