‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर

Read Time = 4 mins

काठमाडौं । यही शुक्रबारदेखि देशभर सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर गरिएको छ । काठमाडौंमा गरिएको प्रिमिएरमा निर्देशक तथा निर्मात्री दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत अभिनेता कृष्ण शिवाकोटी, मुकुन भुसाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरीलगायत कलाकर्मीको साथमा रंग पत्रकारको समेत बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा चलचित्र हेर्ने अधिकांश दर्शकले मनपरेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा निर्देशक सरोज पौडेलले चलचित्र नितान्त मनोरञ्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गर्नुभयोे । त्यस्तै कार्यक्रममा अभिनेता बुद्धि तामाङले अरू चलचित्रमा भन्दा यसपटक केही फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताउनुभयो ।

अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राख्नुभयो । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उताव-चडाबलगायत विषयवस्तु कथाको रूपमा उठाएको छ । क्लोजअप सिने प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यो चलचित्र नेपालबाहेक जापान, अष्ट्रेलिया, अमेरिका र युरोपका केही शहरमा प्रदर्शन हुनेछ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र हो ।

चलचित्रले काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो । मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?