शाओमीको एक्सचेन्ज अफर

Read Time = 1 min

काठमाडौ । शाओमीले भव्य एक्सचेन्ज अफर सार्वजनिक गरेको छ, जसमार्फत् ग्राहकले कुनै पनि ब्राण्डका स्मार्टफोनसँग नयाँ शाओमी, रेड्मी वा पोको फोन साटेर अपग्रेड गर्न सक्नेछन् । साथै, रेड्मी १२ फाइभजी खरिदमा थप एक हजार रुपैयाँसमेत छुट पाउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भन्नुभयो, ‘यो एक्सचेन्ज अफर हाम्रा ग्राहकमाझ ल्याएर ग्राहकलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनको गुणस्तर र नवीनतम सुविधा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’ ग्राहकले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरलरूपमै एक्सचेन्ज अफरको लाभ लिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?