तरकारी र फलफूलको अर्ग्यानिक स्वादका लागि जंगल जाने बढे

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जंगलहरुमा ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगाएतका जंगली फलफूलहरु पाकेका छन् ।

जंगलमा नै पाकेका अर्ग्यानिक फलफूल खान र निगुरो, च्याउ लगाएतका पोष्टिक तरकारी खोज्नका लागि पश्चिम म्याग्दीका गाउँलेहरु जंगलतिर उक्लन थालेका छन् ।

गाउँले मात्रै होइन सहर बजारबाट समेत मानिसहरु गर्मी छल्न र पौष्टिकताले युक्त स्वादिष्ट आग्र्यानिक जंगली फलफूल खानका लागि जंगलतिर जान थालेका मालिका गाउँपालिका २ रुमको केशबहादुर सुनारले बताउनुभयो ।

“विगतका वर्षहरुमा जंगलमा तीजु पाकेर खेर गए, चुत्रो र ऐसेलु खाने मान्छे समेत हुँदैनथे ,ती फलफूलहरु त्यत्तिकै जंगलमा खेर गइरहेका हुन्थे” सुनारले भन्नुभयो “तर कोरोना महामारी यता गाउँवस्तीका मानिसहरु मात्रै होइन शहजबजारका मानिसहरु समेत जंगली फलफूल,कन्दमुल र तरकारी खोज्नका लागि जंगलमा जान थालेपछि गा्रमीण वस्तीको रौनक वढ्नुको साथै जंगलमा समेत चहलपहल छ ।”
वनमा पाकेका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगाएतका फलफूलहरु खान मालिका गाउँपालिका ५ देविस्थान जानुभएका दरवाङका शिव पौडेलले जंगली फलफूलको स्वाद विछट्टै मीठो हुने बताउँदै विगतमा चराचुरुङ्गीको आहारामा सीमित भएका यस्ता फलफूलहरु खन अहिले जंगलमा मानिसहरु पुग्न थालेका जानकारी दिनुभयो ।

जंगली फलफूलमा पनि जलवायु परिवर्तनको असर

वनस्पति,कृषि र मानव स्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असरहरु प्रत्यक्षरुपमा देखिन थालेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जंगली फल पनि बेमौसममै फल्न सुरु भएका वातावरणविद्हरुले बताएका छन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जंगली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो ।

वातावरणविद् सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।
अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मंगला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र अन्नबालीको फललाग्ने र खेती गर्ने समयमा समेत नजाँनिदो गरी परिवर्तन आएको छ” उहाँले भन्नुभयो ।

वातावरण संरक्षणकर्मी सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै फूल फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?