लिड्स युनाइटेड माथी आर्सनलको सानदार जीत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४-१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा गयराति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औं मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलो हाफमा नै अग्रतालाई दोब्बर पारे ।

पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए । तर, ७६औं मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३-१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४-१ को सानदार जित दिलाउन सफल भए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ । जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको आर्सनललाई पछ्याउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित लिड्स भने २६ अंक जोडेर १६औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?