सुनौलो हजार दिनका आमा र गर्भवती महिलालाई उन्नत जातका कुखुरा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका आमा, र गर्भवती आमाहरूलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरीका आमाहरुको पोषण स्वास्थ्य सुधार गर्नका लागि उन्नत जातका कुखुरा, विभिन्न प्रकारको तरकारी विउ विजन वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो ।

गाउँपालिकामा सुनौला हजार दिनका ११० आमालाई प्रतिव्यक्ति एक कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले बताउनुभयो । शाखा प्रमुख ढकालले भन्नुभयो, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न शुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।” गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको हो ।

ताँजकोट गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासमा कुखुरा वितरण कार्यक्रम शुरु गरिएको हो गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजारका दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाइसम्बन्धी जानकारी गराइएको हो ।

आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हँुदै आएको अध्यक्ष जैसीले बताउनुभयो । गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका निकै खुशी हुनथालेका छन् । अन्य वस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीयवासी खुशी भएको उहाँको भनाइ छ ।

सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारी विउ वितरण गरिएको हो । सधैंभरि पोषण दिएर पुग्दैन,आफ्नो घरमै बनाएर खाने बानीको विकास होस भन्नका लागि पनि वितरण गरिएको हो । सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको छ । यस्ता खाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?