इभी कार्यशाला आयोजना

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले क्षमता विकास इकाई गठन गरेको छ । अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै जाने उद्देश्यले इकाई गठन गरिएको नाडाले जनाएको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा छ सदस्यीय इकाई गठन गरेको होे ।

विद्युतीय सवारीसाधनको क्षेत्रमा कार्यरत प्राविधिकको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघसमेतको सहयोगमा नाडाले यही जेठ २४ र २५ गते नाडा सचिवालयमा दुईदिने कार्यशाला गोष्ठीसमेत आयोजना गरेको छ ।

गोष्ठीमा विद्युतीय सवारी आयात गर्ने नाडाका सदस्य कम्पनीबाट जम्मा सातजना प्राविधिज्ञको सहभागिता थियो भने महासंघबाट महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले प्रशिक्षण दिनुभएको थियो । साथै नाडाले अटोमोबाइल वर्कसपमा कार्यरत मेकानिक्सहरूको सीप र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गतको इनसियोरसँग पनि छिट्टै सम्झौता गरिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?