सुचना केन्द्रबाट दश महिनामा १६ हजार बढीले लिए परामर्श

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । दाङमा संचालित तीन वटा सुचना केन्द्रबाट दश महिनाको अवधीमा १६ हजार बढीले वैदेसिक रोजगारका विषयमा सुचना लिएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)की जिल्ला संयोजक बसन्ती पुनले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७९/८०को साउन महिना देखि वैशाखको अन्तिमसम्म तीन वटा सुचना केन्द्रबाट १६ हजार सात सय नौ जनाले सुचना लिएका हुन् । जसमा १२ हजार ४ सय ५६ जना पुरुष र चार हजार दुई सय ५३ जना पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय घोराहीको हाता भित्र संचालित सुचना तथा परामर्श केन्द्रबाट यस आर्थिक बर्षको दश महिनामा आठ हजार एक सय २ जनाले सुचना लिएका छन् भने तुलसीपुर इलाका प्रशासनको हाता भित्र संचालित उपकेन्द्रबाट पाँच हजार छ सय ९४ जना र लमही इलाका प्रशासनको हाता भित्र संचालित अर्को उपकेन्द्रबाट दुई हजार नौ सय १३ जनाले सुचना लिएका छन् ।

सुचना केन्द्रबाट परामर्श मात्रै नभएर वैदेसिक रोजगारसँग जोडिएको ठगी, विदेशमा समस्या, विरामी, अंगभंग, मृत्यु, सम्पर्क विहिन, उद्धारलगायतको समस्या भएका दुई सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । दर्ता भएका उजुरी मध्य एक सय तीन वटा उजुरी यसै बर्ष समाधान भएका छन् भने एक सय २२ वटा उजुरी अहिले पनि प्रक्रियामा छन् यस्तै ९ वटा उजुरी विभिन्न कारणले बन्द गरिएका छन् ।

सुचना केन्द्रले दिएको जानकारी अनुसार वैदेसिक रोजगार वोर्ड अन्तरगत संचालन हुने तालिमको लागि यस आर्थिक बर्षको दश महिनामा दुई सय जनाले तालिमको लागि सिफारिस लिएका छन् । सामी कार्यक्रमले वैदेसिक रोजगारमा जाने युवायुवतीहरुको लागि निशुल्क आवसिय तालिम दिदै आइरहेको छ । वैदेसिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन भन्दै दाङका घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, लमही नगरपालिका र ववई गाउँपालिकामा सुचना केन्द्र राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?