अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

सोमवार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताउनुभएको हो । उहाँले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गर्नुभयो । उहाँले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो - ‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यसले त्यहाँसम्म पुगेको पत्ता लगाउने । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । तिनीहरुले गर्नु हुने कि नहुने एउटा प्रश्न ? कतिपयले के भन्छन् भने त्यो पनि कृषिजन्य नै उद्योग हो नि पनि भन्दा रहेछन् । त्यसो भयो भने यो संसारमा कृषि भन्दा बाहिरको उद्योग त केही पनि हुँदैन । काठको उद्योगलाई कृषिको उद्योग भन्ने, फलाम पनि माटो मुनि बाटै निस्किन्छ भन्ने होला । कपडा कपासबाट धागो बनाएर कपडा कारखाना चल्छ । सबै कृषिजन्य हुनेभयो । कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने ? अथवा कसरी त्यसलाई नियन्त्रण गर्ने भन्ने सवाल एउटा गम्भिर सवालको रुपमा देखिदो रहेछ । मैले नयाँ कुरा सुनेको छु कोकाकोलाले पनि रासायनिक मल खासगरी युरिया मल प्रयोग गर्छ भन्ने सुनेको छु । कोकाकोला बनाउँदा जुन फोहोर हुन्छ, त्यो फोहोर नष्ट गर्नको निम्ति युरियाको प्रयोग हुन्छ भन्छन् । मलको दुरुपयोग भएको छ किसानहरु तपाईहरु पनि सचेत भएर यसको खोजी गर्नुहोस् भनिदिनु पर्ने भयो । र हाम्रा विभिन्न निकायहरुले पनि यो काम गर्नुपर्ने भयो ।’

उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?