इजिप्टको एक चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

कायरो । इजिप्टको राजधानी कायरोको कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् ।

सिएनएनएका अनुसार आगलागीमा ३ देखि १६ वर्ष उमेर समुहका १८ जना बालबालिका समेत परेका छन् । घटनामा १४ जना घाइते भएको इजिप्टको कप्टिक चर्चले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे चर्चको दोस्रो तल्लामा रहेको वातानुकूलित युनिटमा विद्युत सर्ट भएर आगलागी भएको गृह मन्त्रालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?