लुकाएर राखेको ७० हजार केजी चिनी बरामद

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले कालोबजारीको अभियोगमा एक चिनी गोदाममा सिलबन्दी गरेको छ । नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको कुलेश्वरस्थित गुहेश्वरी ट्रेड लिंकको गोदाममा सिलबन्दी गरेको हो । विभागले बिहीबार नै गोदाम सिलबन्दी गरेको थियो ।

ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा बिक्रेतालाई बिक्री गर्दै गरेको पाइएपछि गोदाममा सिलबन्दी गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार लेबल नभएको र लुकाएर राखेको अवस्थामा १४ सय बोरा अर्थात् ७० हजार केजी चिनी गोदाममा सिलबन्दी गरिएको हो ।

वाणिज्य विभागले लेबल नभएको र लुकाएर राखेको अवस्थामा १४ सय बोरा अर्थात् ७० हजार केजी चिनी रहेको गोदाममा सिलबन्दी गरेको छ ।

विभागका अनुसार व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिक्री बिलबिजकबिना नै महँगोमा बिक्री गर्दै पाइएको छ । उक्त गोदाममा बरामद चिनीको गुणस्तर परीक्षणका लागि नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि विभागले जनाएको छ ।

परीक्षणबाट खानयोग्य रहेको पुष्टि भएमा जफत गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराइने र अखाद्य पुष्टि भए नष्ट गरिने बताइएको छ । खुद्रा व्यापार संघका अनुसार उक्त फर्मले एक सय २७ रुपैयाँ केजीमा चिनी बिक्री गरे पनि बिक्रेतालाई भने कम मूल्यको दिने गरेको थियो । चिनी उद्योग संघका अनुसार गत सिजनमा स्वदेशी उद्योगबाट उत्पादित ७५ प्रतिशत चिनी उखु क्रसिङकै समयमा बिक्री भइसकेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?