काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३-१४ ले पराजित गर्यो । एलएनएको जितमा सिमरन महर्जनले आठ अंकको योगदान गर्नुभयो ।
मनमैंजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रूपेश पौडेलको १४ अंकको सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१-३३ ले हरायो । दुवै समूहमा हिमरश्मीले तेस्रो स्थानमा चित्त बुझायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रूपेश र सिमरन आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गल्र्समा न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयो । साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गर्नुभयो ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्राडा प्रदीपचन्द्र गौतम, प्राध्यापक श्यामकृष्ण विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच