भारतीय विदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार, सबै सकुशल

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ ।

आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।

यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।

यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राति मेरो घरका कोही पनि घाइते भएनन्। बदमाशले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’

यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु। यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन्।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?