टिकुलवा पोखरिया पायट कुलोको अतिक्रमण हटाउन शुरु

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । लामो समय देखि पानी नपरेको कारण बारा जिल्लामा खडेरी परेको छ । पानीको अभावमा खेतहरुमा धाजा फाटने र विउका ब्याडहरु समेत सुकेको कारण किसानहरु खेती कसरी गर्ने बारेमा चिन्तित भएका छन् । एकातिर आकाशे पानी नपर्दा समस्या भएको छ भने ठाउँ ठाउँमा भएको कुलोहरु अतिक्रमण भएका कारण बाँध बाँधेर गरिने सिचाई पनि हुन सकेको छैन । खडेरीको पिडाबाट केही हदसम्म भएपनि तियर खोलाको पानी गाउँ गाउँ सम्म पुर्‍याएर सिचाई गर्ने व्यवस्था गर्न करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव लागि पर्नु भएकाे छ ।

टिकुलवा पोखरिया पायट कुलोबाट हजारौ विघा जग्गामा पानी पुग्ने गरेको थियो, करैयामाई गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयाे,‘तर लगभग १०/१२ वर्ष देखि तियर खोलामा बाँध बाध्ने काम रोखिएको कारण यो खोलाको अधिकाँश भाग स्थानीयहरुले अतिक्रमण गरी घर निर्माण गरेका छन् भने कतिपयले खोलालाई खेतमा विलय गरेका छन् ।

५ किलोमीटर भन्दा लामो रहेको यो कुलोले हजारौ विघा जमिन सिचाई हुँदै आएको थियो । २० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन । त्यही समयमा स्थानीयहरुले कुलो मिचेर घर बनाए कतिपयले कुलो खनेर आफ्नो खेतमा मिसाए । कुलोको अस्तित्व नै समाप्त हुने गरि अतिक्रमण गरियो, अहिले आएर खडेरी पर्दा किसानहरु दुःखी भएका छन् ।

'पानी अभावमा सिचाईको काम रोकिएको छ । पटक पटक प्रयास गरेर बोधवन स्थित तियर खोलामा बाँध बाध्न सफल भएका छौ बाँध बाँधियो तर पानी ल्याउने कसरी ? अर्को समस्या खडा भयो । त्यसैले टिकुलवा खोलालाई फेरि खनेर यसलाई संचालनमा ल्याउन लागिएको छ' अध्यक्ष  यादवले भन्नुभयो ।

टिकुलवा कुलोको पानीबाट करैयामाई गाउँपालिकाको १, ५, ६ र कोल्हवी नगरपालिकाको ८ वडाहरुमा सिचाई हुँदै आएको थियो । यो कुलो पुनः संचालनमा ल्याइयो भने यसले किसानहरुलाई राहत पुग्ने भएकोले कुलोको खोजी गर्दै अतिक्रमण हटाउने काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

कुलो संचालनमा आउने वित्तिकै हजारौ विघा जग्गामा सिचाई गर्न सजिलो हुने भएकोले यसलाई पुनः संचालनमा ल्याउन लागिएको अध्यक्ष यादवकाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?