मालिका गाउँपालिकाद्वारा ‘हाम्रो मालिका’ नामक पुस्तक प्रकाशन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाले पालिकाको चिनारीसँगै, पालिकाभित्रको प्रचलित धर्म, संस्कृति, परम्परा, स्थानीय पेसा, व्यवसाय, प्रविधि, स्वास्थ्य, सरसफाइ, योग, जडीबुटीलगायतका विषय पाठ्यक्रममा समावेश गरि कक्षा १ देखि ८ सम्मका लागि ‘हाम्रो मालिका’ नामक पुस्तक प्रकाशन गरेको हो ।

त्यस्तै, सूचना तथा सञ्चार प्रविधि, व्यवहारिक लेखन, विपद् र जोखिमलगायतका विविध विषयवस्तु समेत समेटर पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताउनुभयो ।

पालिकाभित्रका गैरसरकारी तथा सरकारी विद्यालयका लागि अहिले चार हजार थान पुस्तक प्रकाशन गरिएको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताउनुभयो । गाउँपालिकाले यसै शैक्षिक शत्र देखि स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माणले गाउँपालिकाको परम्परा, रहनसहन, संस्कार, संस्कृतिजस्ता विभिन्न विषयको बारेमा विद्यार्थीलाई जानकारी पाउन सजिलो हुने गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले बताउनुभयो । पालिकाको मौलिक पहिचानलाई समेटेर तयार गरिएको पाठ्यक्रम भावी पुस्ताका लागि पनि उपयोगी बन्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?