काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । काभाले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी मंगोलिया परेको छ ।
नेपालले आइतबार मंगोलियाको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ । नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौथो खेलमा बिहीबार तुर्कमिनिस्तान र अन्तिम तथा पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्नेछ । नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेको छ ।
काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै, तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ । नेपाली टोलीमा हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच