अवैध लागूऔषधसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्यु गाउँपालिका-६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २३ मिलिग्रामसहित भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?