कर्णाली करिडोरमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । मगुबाट सुर्खेत तर्फ जाँदै गरेको ट्याक्टर कालीकोटमा दुर्घटना भएको छ । हिल्सा जमुना कर्णाली करिडोरको कालीकोट बाजुरा सडकखण्ड अन्र्तगत पर्ने कालीकोटको पचालझरना गाउँपालिका वडा नम्बर– ८ मयखोलमा ट्याक्टर दुर्घटना भएको हो ।

मुगुबाट सुर्खेतका लागि छुटेको भे २ प ६८१ नम्बरको ट्याक्टर पचालझरना गाउँपालिकाको मयखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पचालझरनाले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा चालक मुगुको खत्याड गाउँपालिका वडा नम्बर–६ का तिलकराज बुढथापा कर्णाली नदीमा बेपत्ता हुनुभएको छ ।

सडकबाट ट्याक्टर सिधैँ नदीमा खसेकाले चालक बेपत्ता भएको प्रहरीले बताएको हो । प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पचालझरनाको टोली गएको बताइएको छ । ट्याक्टरको पछाडिको भाग बगाएको र चालकसहित अगाडिको भाग नदीमा डुबेको प्रहरीको भनाइ छ ।

कालीकोटमा जेठ महिनामा मात्रै जीप दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् ।

कच्ची सडक र चालकको लापरबाहीले दिनहुँ कर्णाली करिडोरलगायत करिडोरसँग जोडिएका अन्य सडकहरूमा सवारी दुर्घटना हुने क्रम बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?