मृग मारेको आरोपमा बन्दुक सहित पक्राउ परेका ४ जना सार्वजनिक

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जंगली मृग मारेको आरोपमा बन्दुक सहित पक्राउ परेका ४ जनालाई आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय पदम सिलवाल, सोही स्थानका ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरुङ र ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुमन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक गौतम मित्रले जानकारी दिनुभयो ।

उनीहरुले धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ धौखोला दोभारटार स्थित रामकृष्ण श्रेष्ठको घरमा गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलमा जंगली मृग मारी हतियार सहित खाजा खाई रहेको गोप्पे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट अधिकृत सहित खटिएको प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।

उनीहरुको साथबाट मृगको घाटी सहित १ किलो ३५० ग्राम रौ, आलो छाला १ थान, हड्डी सहितको आलो मासु १ किलो ९२५ ग्राम, ४ फिट ३.५ इन्च लम्बाई भएको बरुवा बन्दुक २ थान, ३।५ इन्च लम्बाई भएको बरुवा बन्दुक १ थान, र १६ इन्च लम्बाई भएको धारिलो खुकुरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट हातहतियार खरखरजना मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?