जुम्लाका स्थानीय तह नीति, कार्यक्रम र बजेट निर्माणमा जुटे

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका स्थानीय तह आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । जिल्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी राय सुझाव संकलन मागेका छन् ।

यहाँको तिला गाउँपालिकाले बजेटको लागि पालिकाको नौवटै वडाबाट सुझाव सङ्कलनलाई तीव्र बनाएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि आईतबार राजनीतिक दल,बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी,निस्वर्तमान अध्यक्ष,उपाध्यक्ष वडाध्यक्ष र स्थानीयवासिबाट राय सुझाव माग गरिएको तिला गाउँपालिमा उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई अगाडि बढाएको उपाध्यक्ष बुढाको भनाइ छ ।

नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले ल्याउदा यहाँका स्थानीयवासिको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्ने नेकपा माओवादी केन्द्रका तिला गाउँपालिका अध्यक्ष वीर बहादुर बुढाले जानकारी दिनुभयो । राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने तिला गाउँपालिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताउनुभयो ।

जेट निर्माण अघि रायसुझाव संकलन थालिएको पातारासि गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सार्वजनिक सुचना मार्फत पनि सुझाव माग गरिएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइको छ । यहाँको तातोपानी गाउँपालिकाले असार ३गते सार्वजनिक सुचना जारी गर्दै असार ५ गते गाउँपालिकामा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । जिल्लाका स्थानीय तह यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?