इन्टर कन्टिनेल फुटबलको उपाधि भारतलाई

Read Time = 2 mins

दिल्ली । भारतले चार राष्ट्र सम्मिलित इन्टर कन्टिनेल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राती भएको फाइनलमा लेबनानलाई २-० ले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र लालिएन्जुएला चाङ्टेले एक-एक गोल गर्नुभयो । भुवनेश्वरको कलिंगा स्टेडियममा भएको खेलको ४६औँ मिनेटमा कप्तान सुनिलको गोलबाट भारतले अग्रता लिएको थियो ।
६५औँ मिनेटमा लालिएन्जुएला चाङ्टेले गोल गर्दै भारतको जित पक्का गर्नुभयो । भारत अपराजित रहँदै च्याम्पियन बन्यो । भारतले लिग चरणमा मंगोलियालाई २-० र भानुएटुलाई १-० ले पराजित गरेको थियो । यस्तै, लिग चरणको खेलमा लेबनानसँग गोलरहित बराबरी खेलेको थियो ।

भारतमै यसै सातादेखि सुरु हुने साफ च्याम्पियनसिपको १४औँ संस्करणको तयारीका रूपमा यस प्रतियोगितालाई लिइएको छ । भारतले अब साफ च्याम्पियनसिपमा पाकिस्तान, नेपाल र कुवेतसँग खेल्नेछ ।

यता, अमेरिकाले लगातार दोस्रोपटक कोन्काफ नेसन्स लिग ए च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा क्यानडालाई २-० ले पराजित गर्दै अमेरिका च्याम्पियन बनेको हो ।

लास भेगास नेभाडामा भएको खेलमा घरेलु टोलीलाई च्याम्पियन बनाउन क्रिस रिचार्ड्स र फोलारिन बालोगनले एक-एक गोल गर्नुभयो । खेलको १२औँ मिनेटमा क्रिस रिचार्ड्सले गोल गर्दै अमेरिकालाई १-० को अग्रता दिलाउनुभयो । ३४औँ मिनेटमा फोलारिन बालोगनले गोल गर्दै अमेरिकालाई जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?