सर्लाहीमा दलित ऐन कार्यान्वयन सम्बन्धि सर्वपक्षिय अन्तरक्रिया

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज दलित सशक्तिकरण ऐन २०७६ को स्थानीय स्तरमा कार्यान्वयनको अबस्था र चूनौतीको विषयमा नीतिगत अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप नेपाल) द्वारा सञ्चालित मुसहर महिला सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय सभा सदस्य, संघीय सांसद, प्रदेश साँसद,प्रमुख जिल्ला अधिकारी सहित स्थानीय निकायका जनप्रतिनिधि, जातीय उत्थानका लागि सक्रिय संघसंस्थाका प्रमुख र सीमान्तकृत मुसहर समुदायका महिलाहरुलाई एकैठाउँमा राखेर ऐेन कार्यान्वयनका विषयमा छलफल गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सहजीकरण गर्दै दलीत अगुवा तथा मानव अधिकारकर्मी राजु पासवानले दलीत सशक्तिकरण ऐन कार्यान्वयनको अबस्था कमजोर रहेको बताउनुभयो । दलीत समुदायमा हुने विभेद र हिंसाको घटनामा कमी आउन नसकेको भन्दै उहाँले दलीतहरु खुलेर न्यायिक प्रक्रियामा आउन नसकेका बताउनुभयो । दलीत अगुवा पचुलाल माझीले नेपालको संविधान र दलीत सशक्तिकरण ऐन २०७६ कार्यान्वयनको अबस्था र चूनौतिको विययमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दलीत समुदायको अधिकारका लागि संविधानमा पर्याप्त व्यवस्था रहेको भन्दै त्यसको कार्यान्वयनको लागि इच्छाशक्ति र पहलकदमी आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले दलीत समुदायमा अथाह समस्या रहेको भन्दै व्यवस्था परिवर्तन भएजस्तै दलीत समुदायको अबस्था परिवर्तनका लागि मनैदेखि काम गर्नु पर्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद सकुन्तीदेवी राम, प्रदेश सांसद बेची लुङ्गेली, प्रदेश सांसद उपेन्द्र यादव , दलीत विकास समितिका सदस्य रामप्रवेश बैठा, चन्द्रनगर गाँउपालिकाका अध्यक्ष चन्डेश्वर महतो, ओरेक नेपालकी जिल्ला संयोजक देबकुमारी महरा, समुदायको तर्फबाट उर्मिला माझी, लक्ष्मी पासवान, सन्जावतिदेबी माझी, मनमादेवी माझी, पतिदेवी माझी लगायतले मन्तव्य राख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?