वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो । उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

“उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाइ शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?