अमेरिकाविरुद्ध करणले लिए चार विकेट, नेपालको उत्कृष्ट सुरुआत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ भने १६ ओभर खेल्दा थप दुई विकेट गुमाएको छ ।
नेपाल पावर प्ले सकिँदा अमेरिकाका चार ब्याट्स म्यानलाई आउट गर्यो ।

नेपालका लागि चारै विकेट करण केसीले लिए । कसिलो बलिङ गरेका उनले ७.५ ओभरमा एरोन जोन्स र ९.२ ओभरमा नोस्टथशलाई पभेलियन फर्काउँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । यसअघि केसीले ओपनर स्टेभन टेलर र सेइतेजा मुकम्मलाको विकेट लिएका थिए ।

उनले सात ओभर फ्याक्दै ११ रन खर्चेर ४ विकेट लिएका हुन् ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?