सरकारले बैंक ब्याँजदर तत्काल घटाउनु पर्छः मेटमणि चौधरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याँजदर तत्काल घटाउन सरकारसँग माग गर्नु भएको छ ।

मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याँजदर तत्काल घटाउनुपर्ने उहाँको तर्क थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याँजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भिर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं । तर, कर्जा प्रवाह कम भईरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याँजदर बनाउन सकिरहेका छैनौं । यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हुनुस् । यदि तपाईले बैंक ब्याँजदर घटाउन सक्नु भएन भने नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याँजदर घटाउनुस् । यसमा पहल गर्नुस् । त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नू । यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौं ।’

प्रमुख सचेतक चौधरीले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?