छिन्नमस्ता र कञ्चनरुप विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

सप्तरी । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको तेस्रो दिन मंगलबार सम्पन्न दुई खेलमा शरद भेसवाकरको कप्तानीको छिन्नमस्ता लायन्स र अविनाश कर्णको कप्तानीको कञ्चनरुप राइनोजले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गर्‍यो । पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजविराज द किंगले १९ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । उसका लागि अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाउनुभयो । बिक्रम सोबले २८ तथा तृतराज दासले १८ रन बनाउनुभयो ।

टस हारेर ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५८ रन बनायो । छिन्नमस्ताका लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै, शुभ कंसाकारले १९ बलमा ३२ रन बनाउनुभयो । कप्तान शरद भेसवाकरले ११ रन बनाउनुभयो ।
राजविराजको बलिङमा अभिषेक कार्की, तृतराज दास र सन्तोष कार्कीले दुई/दुई तथा बिक्रम सोबले एक विकेट लिनुभयो ।

दिनको दोस्रो खेलमा कञ्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई सात विकेटले पराजित ग¥यो । बलान बिहुलले दिएको १३८ रनको लक्ष्य १५ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो ।

कञ्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७ रन बनाउनुभयो । बसिर अहमदले २ तथा रोबिन सिंहले एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएको थियो । उसका लागि पवन सर्राफले ५० रन बनाउनुभयो । कञ्चनरुपको बलिङमा राशिद खान, चित्र विष्ट, पप्पु यादव र सुमित श्रेष्ठले दुई-दुई विकेट लिनुभयो ।

प्रतियोगिताअन्तर्गत चौथो दिन बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान नौ बजे राजविराज द किंग र बजाज खडक वारियर्स तथा दोस्रो खेलमा दिउँसो १ बजे कञ्चनरुप राइनोज र रुपनी राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?