हुलास स्टिलले ग्रिल जनशक्ति उत्पादनमा सघाउने

Read Time = 3 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र हुलास स्टिल उद्योगको हिप्को सुपर बिल्डबीच मेटल फ्याब्रिकेटर्स व्यवसायमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहकार्यका लागि समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले मेटल फेब्रिकेटिङ क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण समयमै गुणस्तरीय काम गर्न नसकेको र विदेशी कामदारको भर पर्नुपरेको अवस्थामा निःशुल्क खानबस्न र यातायात खर्चसमेत व्यवस्था भएको सातदिने तालिमले दक्ष जनशक्ति व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो ।

तालिम परियोजना प्रमुख गुञ्जन खनालले बेलायत सरकारको सहयोगमा रोजगारका लागि सीप कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै कार्यक्रमले ४५ हजार नेपालीको जीविकोपार्जन उन्नत बनाउन र उद्योग व्यवसायको उत्पादकत्व क्षमता बढाउन, बजार मागअनुसारको जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । तालिम सीप र हुलास स्टिल उद्योगको सहयोगमा हुने बताइएको छ ।

छलफल कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ उपाध्यक्ष शोभा गुरुङले दक्ष जनशक्ति दिन प्रतिदिन विदेश पलायन हुने क्रम नरोकिँदा नेपालका उद्योगमा सीप भएका जनशक्ति कमी हुँदा उद्योग सञ्चालनमा समस्या देखिएको अवस्थामा तालिमले केही राहत पुग्ने बताउनुभयो । महासंघ वस्तुगततर्फका सचिव महेन्द्रबहादुर चित्रकारले तालिममा सबै क्षेत्रबाट सहयोग गरी तालिमलाई सफल पार्न आग्रह गर्नुभएको थियो । सो अवसरमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ, जिल्ला संघ, क्षेत्रीय समिति अध्यक्ष तथा पदाधिकारी सदस्य, नेपाल अटो मेकानिक्स संघ, छाला जुत्ता व्यवसायी संघ, नेपाल आल्मुनियम व्यवसायी संघ, नेपाल हाते कागज उद्योग संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?