कनेक्ट आइपिएसको अफर

Read Time = 1 min

काठमाडौं । कनेक्ट आइपिएसले ‘रिफर अ फ्रेण्ड २.०’ अफर ल्याएको छ । अफरमा प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तलाई कनेक्ट आइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । रिफर गर्नेले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफर असार ३१ गतेसम्म लागू हुनेछ । अफरको फाइदा लिन रिफर गर्नेले आफ्ना साथी तथा आफन्तलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार रिफरीले भने कनेक्ट आइपिएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गर्नुपर्नेछ । प्रक्रिया पूरा भएपछि रिफर गर्नेको बैंक खातामा २५ रुपैयाँ र रिफरीको बैंक खातामा ५० रुपैयाँ प्राप्त हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?