चट्याङ लागेर एकको मृत्यु

रासस
Read Time = 1 min

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

सारुले खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते भएका सारुलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?