दुर्घटनामा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका-९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ नगरपालिका-३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते हुनुभएकाे छ । उहाँलाई आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?