विश्वकप छनोट : वेष्ट इण्डिजसँग नेपालको फराकिलो हार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपालले फराकिलो हार व्यहोरेको छ ।

फिल्डिङका चुक्दा दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।

३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २३८ रनमा समेटियो ।

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजसँगको खेलमा नेपालका आरिफ शेखले अर्धशतक पुरा गरे । आरिफले ८६ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । ओडिआई क्रिकेटमा उनको यो छैटौं अर्धशतक हो ।

२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए ।

ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।

वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा नेपाललाई फराकिलो अन्तरमा पराजित गरेकाे हाे । उसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन् ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् ।

चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

अब नेपालले सुपर सिक्समा स्थान बनाउन शनिबार हुने अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाव छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?