स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण हुने

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई टिभी टुडे टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । टिभी टुडे टेलिभिजन बोर्डकास्टिङ पार्टनरका रूपमा रहने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको विधा प्रायोजनसम्बन्धी सम्झौता एक कार्यक्रमका बीच भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट अध्यक्ष प्रदीप पाठक र टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक पन्तले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सहप्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?