नबिलको एनबैंक वेब सेवा

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रमबीच बिहीबारबाट सेवाको सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटप प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहिना ५० लाखसम्म अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने बैंकले जनाएको छ । एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

एनबैंक एप(मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्ड वा क्युआर कोड प्रयोग गर्न सक्नेछन् । एनबैंक र अपरेसन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले भन्नुभयो, ‘एनबैंक वेबले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्छ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाका साथ वित्त व्यवस्थापनमा सहजता प्रदान गर्छ ।’

अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिल नेट साउन ६ गतेदेखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नुहुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । एनबैंक वेबमार्फत् ग्राहकले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरण हेर्ने, मुद्दती निक्षेप खोल्ने र मुद्दती निक्षेपबाट ऋण लिनेजस्ता वित्तीय गतिविधि गर्न मिल्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?