एक वर्षमा ३ लाख ५१ हजार मेट्रिक टन मल आयात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिनुभएकाे हाे ।

धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उहाँले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिनुभयाे ।

साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?