मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइनः प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताउनु भयो ।

उहाँले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताउनु भयो ।

उहाँले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन । संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ । यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिण डाइभर्सन,वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढेका छन् । तराई मधेस समृद्धि कार्यक्रम,मधेशलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ । सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रुपमा लिन आग्रह गर्दछु । विरगञ्जको विकास सरकारको प्राथमिकतामा छ ।’

उहाँले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो। उहाँले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?