टासिनामका स्थानीयलाई आय आर्जनकालागि मौरीघार वितरण

हिमालय टाइम्स
Read Time = 2 mins

-नवराज शिवाकोटी
दोलखा । दोलखाको दुर्गम भेग गौरिशंकर गाउँपालिका वडा नम्बर नौ को टासिनामका स्थानीयहरुलाई मौरीघार वितरण गरिएको छ । स्थानीयको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले गौरिशंकर गाउँपालिकाबाट अनुदानमा मौरीघार वितरण गरिएको हो ।

वडा नम्बर नौ स्थित टासिनामका स्थानीयहरुलाई गौरिशंकर गाउँपालिका तथा टासिनाममा रहेको हिमचुली कृषि तथा महिला समूहको लागत साझेदारीमा हालै मौरिघार वितरण गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो । स्थानीयहरुलाई जम्मा ९६ वटा मौरीघार वितरण गरिएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।

सेरेना जातको मौरी सहितको मौरीघार वितरण गर्दा कुल ७ लाख खर्च भएकोमा गौरिशंकर गाउँपालिकाबाट ३ लाख पचार हजार तथा हिमचुली कृषि तथा महिला समूहले ३ लाख पचासहजार रुपैयाँ ब्यहोरेको समूहकी अध्यक्ष तोषिमाया तामाङको भनाई रहेको छ । मौरिघारको वितरणले स्थानीयहरुको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष तामाङको आशा छ । मौरी घार पाएबाट आफूहरु खुशी भएको स्थानीय दिलकुमारी तामाङले बताउनुभयो । वडाले पहलगरी अनुदानमा मौरीघार उपलब्ध गराएकोमा विशेषगरी महिलाको आमदानी बढाउन यसले मद्दात गर्ने उहाँको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?