गुल्मीमा जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी गरिएको छ । वार्षिक कार्यक्रम तय गर्नुका साथै गोष्ठीमा सहभागीलाई प्रशिक्षण प्रदान गर्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाईटी गुल्मी शाखाको आयोजनामा ३६ औं जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी गरिएको सिद्धबाबा माध्यमिक विद्यालयका शिक्षक नायक टिका खड्काले जानकारी दिनुभयो ।

नेपाल युवा रेडक्रस सर्कल सिद्वबाबा माध्यमिक विद्यालयको आतिथ्यतामा गरिएको एक दिने गोष्ठीको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले परिवर्तित समाजको आवश्यकता अनुसार रेडक्रसका गतिविधि सञ्चालन गर्न सुझाव दिनुभयो । ‘रेडक्रसले समाजमा भएका विकृतिका विरुद्ध काम गर्न सक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘बालविवाह, लागू पर्दाथ दुव्र्यसनी, आत्महत्या, जस्ता समाजमा रहेका समस्याको समाधानका लागि भूमिका खेल्नुपर्छ ।’ रेडक्रसलाई सिकाइ र अनुशासनसँग जाडेर लैजानुपर्ने उहाँको भनाइ छ ।

त्यसअवसरमा नेपाल रेडक्रस सोसाइटी लुीम्बनी प्रदेशका सदस्य कैलाशकुमार श्रेष्ठ र गुल्मी शाखाका कोषाध्यक्ष ज्ञानहरी सापकोटाले मानवताको खडेरी परिरहेको बेला रेडक्रसको आवश्यकता महत्वपूर्ण रहेको बताउनुभयो । सहभागी जुनियर तथा युवा रेडक्रसकर्मीलाई गोष्ठीले मानवीय काममा लाग्न प्रेरित गर्ने उहाँहरुले बताउनुभयो ।

त्यस्तै, रेसुंगा नगरपालिका–८ का वडाअध्यक्ष निरञ्जन काउछा र सिद्धबाबा माध्यमिक विद्यालयका प्राधानाध्यापक डोरविक्रम श्रीसले गोष्ठीले विद्यालयहरुका असल अभ्यासहरुको आदान–प्रदानका लागि सहयोग पु¥याउने बताउनुभयो । उपस्थित अतिथिहरुले सिद्धबाबा माध्यमिक विद्यालयले सञ्चालन गरेका अनुकरणीय अभ्यासहरू सिक्ने अवसर प्राप्त भएको समेत बताउनुभयो ।

गुल्मी शाखाका उपसभापति कृष्णप्रसाद भण्डारीको सभापतित्व, सिद्धबाबा विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, सुरक्षा निकायका प्रमुखहरु, शिक्षा विकास तथा समन्वय इकाइका रामप्रसाद पन्थीलगायतको आतिथ्यता रहेको गोष्ठीमा यस जिल्लाका १२ वटै स्थानीय तहमा गठित रेडक्रसका संयोजक, शिक्षक नायक तथा जुनियर युवा विद्यार्थी छात्र–छात्राहरुको सहभागीता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?