काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्र ‘आदिपुरुष’बाहेक अन्य हिन्दी चलचित्र चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो जानकारी गराएको हो । उच्च अदालत पाटनले २०८० असार ७ गते विपक्षीहरूको नाममा हिन्दी एवं अन्य चलचित्र प्रदर्शन गर्नू गराउनू भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर हिन्दी चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।
यस्तै, नेपाल कानुनको अधिनमा रही स्वतन्त्ररूपमा व्यवसाय गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले विज्ञप्तिमा उल्लेख गरेको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’मा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी चलचित्रमा रोक लगाउनुभएको थियो ।
मेयर बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिकालगायतका केही स्थानीय निकायले पनि हिन्दी चलचित्रमा रोक लगाउने निर्णय गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच