कालीकोट । कालीकोट पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार गाउँपालिकाको केन्द्र पडेक्षमा ११ औँ गाउँसभा उद्धाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम ‘बबिता’ ले आर्थिक २०८०/०८१ को बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुएको थियो भने उपाध्यक्ष अल्किना बम ‘बबिता’ ले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ ले आर्थिक बर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गरे पश्चात पालिकाकी उपाध्यक्ष अल्किना बम ‘बबिता’ ले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैंयाको बजेट प्रस्तुत प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाको नीति कथा कार्यक्रममा स्थानीय रैथाने बालिको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतिलाई जोड दिने र कृषकलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिका भित्र गुणस्तरीय नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन गर्न सीई परीक्षामा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक र विद्यार्थीलाई शिक्षा दिवसको अबसरमा सम्मान समेत गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच