नाडाको विरोध प्रदर्शन

Read Time = 2 mins

काठमाडौं । आन्दोलनरत नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार काठमाडौं को माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । व्यवसायीले कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् । सरकारले गाडी आयात खुलाउने निर्णय गरे पनि अटोमोबाइल्स व्यवसायीले घोषित आन्दोलन नरोकिने बताएका छन् । नाडाका अध्यक्ष ध्रुव थापाले सबै किसिमका प्रतिबन्ध नहटुञ्जेल आन्दोलन जारी रहने बताउनुभएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले आयात प्रतिबन्ध लगाइएका वस्तुको आयात खोल्ने निर्णय गरेको थियो भने आयात खुला गर्ने निर्णयको नाडाले स्वागतसमेत गरेको थियो । तर, नाडाका अध्यक्ष थापाले आयात प्रतिबन्ध हटाउनमात्र अटो व्यवसायीले आन्दोलन नगरेको भन्दै बजार पूर्ववत् अवस्थामा फर्किन आवश्यक वातावरण बनाउन नगद मार्जिनको व्यवस्था हटाउनुपर्ने, अटोकर्जामा बढाइएको जोखिमभार घटाउनुपर्ने, चालु पुँजी कर्जा निर्देशन स्थगन गर्नुपर्ने, अटो कर्जा सीमा बढाउनुपर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्नेलगायत विषयलाई केन्द्रमा राखेर आन्दोलन सुरु गरिएको बताउनुभयो ।

बजारमा तरलता वृद्धिका लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदानलगायतका मागको अझै सम्बोधन नभएकाले शान्तिपूर्ण दबाबमूलक कार्यक्रमलाई बेवास्ता गरे कडारूपमा प्रस्तुत हुने नाडाले चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?