गुरुङ लुम्बिनी प्रदेशको अध्यक्ष

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङ लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा सञ्जयसहित १३ सदस्य समिति निर्विरोध चयन भएका हुन् ।

उपाध्यक्षमा विनयराज भण्डारी, सचिवमा कैलाशकुमार रोका र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरूमा बालकृष्ण खत्री, सुभास तिमिल्सेना, प्रथम पराजुली, धिरज अधिकारी क्षेत्री, दुर्गबहादुर थापामगर, मेराज अन्सारी, माया ज्ञवाली, पदमराज श्रेष्ठ र अनिश कुँवर पनि निर्विरोध निर्वाचित हुनुभयो ।

सञ्जय गुरुङले गत वैशाखमा एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा ओमान र युएईसँगको खेलबाट माथिल्लो मूलपानी मैदानमा ओडिआई डेब्यु गर्नुभएको थियो । उहाँ नेपालका चौथो ओडिआई अम्पायरसमेत हुनुहुन्छ ।

यसअघि कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, मधेश प्रादेशिक संघको अध्यक्षमा सुनिलकुमार महासेठ, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जयकान्त सिग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी निर्वाचित भइसक्नुभएको छ ।

अब कर्णाली र बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ । बागमती प्रदेशको चुनाव भदौ १५ मा हुँदैछ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमतीबाट अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ । त्यसपछि क्यानको केन्द्रीय चुनाव असोजमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?