दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । एक अध्ययनअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ ।

निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ ।

बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

बालविवाह तथा दाइजो प्रथाको अन्त्यको लागी यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै वालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।

दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका लागी स्थानिय सरकारलाइ ठुलो चुनौती वनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यतिवेला सर्वत्र चर्चाको विषय बनेको छ  ।

नगरसभामा प्रमुख अथितिकोरुपमा सहभागी भएका महोत्तरी क्षेत्र नं. २ का निर्वाचित संघिय संसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताउनुभयाे ।

कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले  मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको मन्त्री भण्डारीले आफ्नो धारणा राख्नुभयाे ।

'पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,' उहाँले भन्नुभयाे, 'मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन ।'

बालविवाह तथा दाइजो प्रथालाइ निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामुहिक सम्मान समेत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?